काठमाडौं । निजामती कर्मचारी विधेयक माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले आइतबारदेखि कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । निजामती कर्मचारी विधेयकमा उल्लेखित कतिपय व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजदेखि देशव्यापी रुपमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेका हुन् । निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले राज्यका तीनै तहका सम्पूर्ण कार्यालयमा कालोपट्टी बाँधेर सेवा…