पाँच दिन सर्लाही ४ मा बिताएपछि काठमाडौं फर्के गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं फर्केका छन् । माघ १२ गते आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा पुगेका थापा शुक्रबार काठमाडौं फर्केका हुन् । थापा पाँच दिनसम्म सर्लाही ४ का मतदातासँगै रहे । उनले निर्वाचन क्षेत्रको उत्तरदेखि दक्षिणसम्मका सबै स्थानीय तह र वडामा पुगेर मतदातासँग भेटघाट गरे । आफ्ना कुरा राखे ।…