काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले सबै नकारात्मकतालाई चिरेर देशलाई विकासको बाटोमा लैजाने दाबी गरेका छन् । नेपाली कांग्रेस पाल्पाको पूर्वखोलामा आयोजित ‘प्रथम लोकतान्त्रिक महोत्सव’ लाई आज रामपुरमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेसले नकारात्मकलाई चिरेर, तथ्य र प्रमाणले अघि बढ्नुपर्छ । अब विकासमात्रै नेपालको एजेण्डा हो ।…