इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी प्रदर्शनको तयारी गर्न आह्वान गरेका छन् । उनले फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने बताएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानूनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका…