काठमाडौँ । भारी वर्षा र आसन्न चाडपर्वलाई ध्यानमा राख्दै सरकारले खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तयारी थालेको छ। असोज ८ गते बिहीबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले आपूर्ति व्यवस्था चुस्त राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सम्भावित प्राकृतिक…