रसुवा बाढीको कहालीलाग्दो पीडा : न सास भेटियो, न लास नै… अन्ततः कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्तिम बिदाइ

आफ्नो मान्छेको अनुहार अन्तिमपटक हेर्न नपाउनु, हातले छोएर अन्तिम बिदाइ गर्न नपाउनु र काखमा राखेर अन्तिमपटक रुनसमेत नपाउनु—यो पीडा कति गहिरो होला, कल्पना गर्न पनि कठिन छ। अन्ततः परिवारले कठोर निर्णय लिनुपर्‍यो। शरीर नभए पनि संस्कार रोक्न सकिएन। हिन्दू परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्ने तयारी गरियो। पशुपति आर्यघाटमा कुशको शव…