कृष्णभिर नजिकै फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। धादिङ प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार बिहान कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्। यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ।…