विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य थोपर्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले ठूला–ठूला गोदाममा पुगेर समेत प्रभावकारी रूपमा बजार अनुगमन गर्न निर्देशन दिनुभएको हो। विपद्को समयमा कृत्रिम मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड…