ओलीप्रति आक्रोश पोख्दै हिँडेका ज्ञवाली भोलिपल्टै ‘यु टर्न’, सिंगो टिम जिताउन आह्वान

काठमाडौं । सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपबाट रुँदै बाहिरिएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी ओलीलाई मत मागेका छन् । सोमबार रातभरको कसरतपछि उनी पुनः ओली पक्षमा खुलेका हुन् । महासचिवमा उम्मेदवार बन्न नपाएकाले ओलीसँग चित्त दुःखाउँदै महाधिवेशनस्थल छाडेपछि ज्ञवालीलाई ईश्वर पोखरेल पक्षले आफ्नो समूहबाट उम्मेदवार बनाउन चाहेको थियो । तर सोमबार रातभर विभिन्न प्रदोभन र दबाबपछि…