काठमाडौं– नारायण–मुग्लीन सडकखण्डअन्तर्गत सिमतलतालमा गएको पहिरोसँगै बगेर त्रिशुलीमा बेपत्ता भएको बसको यात्रुहरुको सम्झनामा स्मृति स्तम्भ बनाइएको छ । घटनास्थलमा बेपत्ता भएको दुई बसमध्ये एउटा बसका चालक तथा यात्रुहरूको नामसहित स्मृति स्तम्भ बनाइएको हो । वीरगञ्जबाट काठमाडौं जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएर उक्त स्तम्भ बनाइएको छ । असार २८…