काठमाडौं– न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो। संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्। सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस…