अजिङ्गरले निल्यो बिरामी बच्चाको लागि औषधि किन्न घरबाट निस्किएकी महिला

एजेन्सी– एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। मध्य इन्डोनेसियामा ती महिलाको पुरै शरिर अजिङ्गरले निलेको हो । आफ्नो बिरामी बच्चाको लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाती बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि परिवारले खोजी गर्न थालेको थियो । उनका श्रीमान् डियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा रहेको…