Logo

समाचार

माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते

दाङ– दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइते हुनेमा चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का कुमार सन्यासी सहितसल्यानको सारदा नगरपालिका–७ की वर्षीया कल्पना चलाउने,

७८ दिनसम्म लगातार बिदा लिएकी प्रहरी डाक्टर सम्पर्कविहीन भएपछि

काठमाडौं– गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. शिवानी सिंहलाई स्पष्टीकरण सोधेको छ । मन्त्रालयले सूचना निकालेर डा. सिंहलाई स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको हो । आफूखुसी बिदामा बसेको भन्दै मन्त्रालयले सूचना निकालेर डा। सिंहलाई सात दिनभित्र गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको हो । डा. सिंहले

काठमाडौंले मिठाई व्यवसायीलाई दियो मिठाईजन्य खाद्य स्वच्छतासम्बन्धी तालिम

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रबार मिठाई व्यवसायीका लागि मिठाईजन्य खाद्य स्वच्छता सम्बन्धी तालिम आयोजना ग¥यो । पर्व विशेष खानेकुराहरुको स्वच्छताका बारेमा व्यवसायीलाई प्रचलित व्यवस्था, मापदण्ड, अभ्यास र हुनु पर्ने अवस्थाका बारेमा ज्ञान, सिप र क्षमता अद्यावधिक गरेर खानेकुराको स्वच्छता सुनिश्चित गर्ने क्रमको यो तेस्रो संस्करण हो । तालिमका लागि २११ व्यवसायीलाई

भकुण्डे–तेमाल मेच्छेपौवा सडकखण्ड खुलेपछि बिपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालन गर्न दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण लिँदै

काठमाडौं– नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतल निवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ। अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक

तीन दिनअघि खुलेको दोलखा हुँदै मन्थली जाने बाटो फेरि अवरुद्ध

काठमाडौं– लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँको बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । यसअघि बिपी राजमार्गअन्तर्गत मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्म

त्रिशुलीको बाढीले चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिममा

तनहुँ– गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का

बुबा दृष्टीबिहीन, समयमा उपचार नपाएर सुत्केरी आमाले ज्यान गुमाएपछि…

कैलाली– तस्बीरमा एउटा भावव्हिल तस्बिर देख्नसक्नुहुन्छ । नाङ्गो डाढ, टुप्पीमात्र राखेर खौरिएको कपाल भएका दुई बालक एक अर्कालाई ढाडस दिँदै अगाडी खोलातर्फ हेरिरहेका छन् । खोलाको किनारमा मलामीहरु छन् र सँगै जलिरहेको छ, एउटा चिता । दुईदिन अघि सुत्केरी हुँदा समयमा उपचार नपाएर ज्यान गुमाएकी २९ वर्षीया सरिता देवी जैसीको

मदिराले मातिएको बुबाले हँसिया प्रहार गरेर छोराको हत्या

लमजुङ– मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार

गत साताको बाढी पहिरोमा परेर दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता

काठमाडौं– असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । विपत्तीमा परेर एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार