हेटौँडा– मकवानपुरको हेटौँडाबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ३ बजे हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम
काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारदेखि खसी, बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि मकवानपुरबाट २०८ वटा खसी बोका ल्याइएको हो । ती खसी, बोका प्रतिकिलो १० रुपैयाँ छुटसहित बेच्ने कम्पनीले जनाएको छ । कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण
काठमाडौं– काठमाडौंबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो ।
चितवन– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत फेला परेको छ । राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती अवस्थाको हात्ती मृत फेला परेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । उनकाअनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको पाइएको छ । काननुअनुसार गर्नुपर्ने सबै प्रकृया पुगाएर
धादिङ– जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । धादिङको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् । शुक्रबार बिहान जिल्लाको ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावतीलगायत गाउँपालिकाका विभिन्न बस्तीबाट छतमा यात्रु राखेर ओसारपसार गर्ने पाँचवटा बोलेरो जिप जरिवानासहित कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको
काठमाडौं– ५८ दिनदेखि माइतीघर मण्डलामा धर्ना बस्दा वास्ता नगरेपछि सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको हो । निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी
काठमाडौं– काठमाडौंको शंखपार्कस्थित एक घरबाट ६ तोला सुन चोरी भएको छ। काठमाडौं महानगरपालिका– ४ शंखपार्क बस्ने ७० वर्षीया गंगादेवी श्रेष्ठको घरबाट सुनसहित विभिन्न सामान चोरी भएको हो । बिहीबार राति श्रेष्ठको घरबाट करिब ६ तोलाका गरगहना, नगद ८० हजार र १ थान मोबाइल समेत गरी करिब ८ लाख ४५ हजार
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजयदशमीको दिनमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ । शाहको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजयादशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् । यतिबेला भने पूर्वराजा शाह भुटानी
काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम
काठमाडौं– दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका–५ की १९ वर्षीय युवतीमाथि प्रेमीसहित चार जनाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए। युवतीको सोही ठाउँका १९ वर्षकै किरण चौधरीसँग केही समयदेखि प्रेमसम्बन्ध थियो । किरणले युवतीलाई फोन गरी विवाह गर्ने प्रलोभन देखाएर