काठमाडौं– भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट आज पनि हेर्न नभ्याईनेमा परेको छ । सोमबार सो रिट सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो । तर, समय अभावका कारण हेर्न नभ्याईएको हो । यसअघि आइतबार पनि…