काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ। काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । अभियानमा क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने…