काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको जलहरीका विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार हुने धान दिवसको कार्यक्रममा सहभागी हुन चितवन पुगेका ओलीले आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए । ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो।…