बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी…