काठमाडौं l ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मन्त्री घिसिङ सोमबार ललितपुर महानगरपालिका–सुन्धारास्थित महर्जनको निवास पुगेर शहीदको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो। सो अवसरमा उहाँले शहादत प्राप्त महर्जनको परिवारजनसँग भेट गर्दै गहिरो समवेदना प्रकट गर्नुभयो।…