महोत्तरीमा अचाक्ली गर्मी, ज्यान बचाउँनै मुस्किल

विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन भएको छ । अहिले दैनिक जिल्लाको तापक्रम ३८÷४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन्…