मन्त्रिपरिषद् पुनर्गठनको हल्लाबीच देउवा निवासमा कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठक जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहानैदेखि बैठक बसेको हो । पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल छन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट…