काठमाडौं - सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार निर्णय गरेको हो । आजैदेखि लागू गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकिएको मन्त्रालयले जानकारी दिएको छ। सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न…