मेयर जितेलगत्तै नेपाली रेस्टुरेन्टमा ममः खाएपछि जोहरान मम्दानी भाइरल

काठमाडौं । अमेरिकी सहर न्युयोर्कका मेयर जोहरान मम्दानी यतिबेला नेपाली रेस्टुरेन्टमा ममः खाएको विषयले चर्चामा आएका छन् । बुधबार मेयरमा विजयी भएको केही समयपछि उनले ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’मा ममः खाएका थिए । मम्दानीले आफ्नो क्षेत्रकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज )एओसी) सँग ममसहितको खाना खाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि अहिले चर्चा भइरहेको छ।…