चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्री पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार चितवनमा जारी महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्री पदमा रिमा विश्वकर्मा, निशा डाँगी, जुली यादव, जमुना शर्मा र कामिनी कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको विधानअनुसार महिला सहमहामन्त्री पदमा एक जना मात्रै निर्वाचित हुने व्यवस्था रहेको छ।…