स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमितको पहिचान नखुलाउनू…..(भिडियो सहित)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरेका हुन् । https://www.youtube.com/watch?v=_SIR2c27vRU&t=2s ‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ,’ डा. देवकोटाले भने, ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन…