बैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द हुने भएका छन् । आइतबार बसेको होटल संघ नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा कोभिड–१९को प्रकोपको असर तथा प्रभावले गर्दा नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभाव रहिरहने तथा कमसेकम आगामी एक…