प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्नैप्रश्न, कांग्रेसप्रति नरम

काठमाडौं - संसदीय शासन पद्धतिमा संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । नेपालमा पनि यो परम्परा केही अगाडिसम्म चलेको थियो । तर प्रधानमन्त्री केपी ओलीले एक वर्षयता विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्नेबेला उपस्थित हुनै छाडेका छन् । सोमबार पनि त्यस्तै दृश्य दोहोरियो ।…