सरकारी निवेदनमा अब देशभर एउटै ढाँचा, डिजिटल सेवातर्फ सरकारको कदम

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी निकायलाई कार्यान्वयनका लागि निर्देशन दिएको हो। नयाँ व्यवस्थाले सरकारी कार्यालयपिच्छे फरक–फरक ढाँचामा निवेदन दिनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ।…