काठमाडौं l ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी छानबिनका क्रममा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद पठाएको छ। बुढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारले राणाको घर ठेगानामा सूचना टाँसेर म्याद तामेल गरेको हो। राणा विदेशमा रहेको र सम्पर्कमा नरहेको जनाइएपछि वडाका प्रतिनिधिको रोहबरमा…