काठमाडौं - एमाले सचिव योगेश भट्टराईले उपभोक्ता समितिहरू दलका भर्ती केन्द्र बन्ने गरेको बताउँदै यसमार्फत काम नगर्नसमेत प्रस्ताव गरेका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बिहीबार उनले भने, ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन । उपभोक्ता समितिमार्फत काम गर्न नदिनग आवश्यक ऐन बनाउनुपर्छ…