भारतद्वारा नेपालसहित १३ देशलाई औषधि निर्यातको अनुमति

भारतले नेपालमा हुँदै आएको औषधि निर्यात जारी राख्ने भएको छ । भारतले शुक्रबार नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स,…