भोटेकोसीमा बाढी: टिमुरेमा ठुलो क्षति, मितेरी पुल बग्यो, २० बेपत्ता,जनजीवन अस्तव्यस्त

काठमान्डौ – उत्तरी छिमेकी चीनतर्फको अविरल वर्षापछि भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ भने २० जना (१४ नेपाली र ६ चिनियाँ) बेपत्ता भएका छन्। बाढी मंगलबार बिहान ३ बजे आएको हो। बेपत्ता हुनेमा तीनजना प्रहरी कर्मचारी र अन्य सर्वसाधारण नेपाली तथा चिनियाँ नागरिक…