काठमाडौं । विद्यालय शिक्षा विधेयकमा समेटिएका विषय हटाउनुपर्ने माग राख्दै नेसनल प्याब्सन र प्याब्सनले आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्याब्सन र एनप्याब्सनले विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।हाल छलफलमा रहेको शिक्षा विधेयकमा रहेका केही प्रावधान संशोधन नभए भदौ ८ देखि निर्णायक आन्दोलन थाल्ने चेतावनी पनि दिइएको छ । ‘हामी राज्यसँग…