कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुझ्न भारतमा २२ अर्ब डलरको एउटा आर्थिक प्याकेज घोषणा गरिएको छ। त्यस्तो प्याकेजले त्यहाँका गरिबहरूलाई सघाउने बताइएको छ। भारतकी अर्थमन्त्री निर्मला सीतारमण आफूहरूले कोही पनि भोको र बेखर्ची भएको देख्न नचाहेको बताइन्। उक्त प्याकेजमा नि: शुल्क खाना र आर्थिक सहायता समेटिएको छ। त्यो 'तत्काल आवश्यकतामा रहेकाहरूलाई' दिइने अर्थमन्त्री सीतारमणले बताइन्। प्रभाव…