काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले देशभरका सडक पूर्वाधारलाई धूलो र हिलोरहित बनाउन लक्ष्यसहित काम गरिरहेको बताएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज बिहान काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले गुणस्तरीय सडक निर्माणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने उल्लेख गरे। “सडक पूर्वाधार कनेक्टिभिटीको पहिलो आवश्यकता हो। त्यसैले यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ,” उनले भने। “गुणस्तरमा…