सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।रामविलासले भने, ‘अब चाहिँ पैसा आउने आशा बढेको छ ।’ महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको…