काठमाडौं– महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा पर्दा जमरा राख्न समस्या परेको छ । पानी जमेकै कारण आज दशैंको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको उनले बताए । उनका अनुसार मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा…