मैले राजाको पक्षमा माहोल बनाएपछि कमल थापा र राजेन्द्र लिङ्देन ढोक्सा थाप्न आए, म कलियुगको अर्जुन हो कमजोर नआँक्नु: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण नेपालबाट राजतन्त्र गएको आरोप लगाएका छन् । मंगलबार आफ्नै निवास भक्तपुरमा युट्युबर सम्मेलनको आयोजना गर्दै विवादित मेडिकल व्यवसायी प्रसाईले सो आरोप लगाएका हुन् । गत आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले भव्य स्वागत गरेका…