विमानस्थलमा पत्रकार सम्मेलन गर्न दुर्गा प्रसाईंलाई रोक, सुरक्षाकर्मीले घर पुर्‍याए

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न सुरक्षाकर्मीले रोकेका छन्। आइतबार गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईँले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका थिए। तर सुरक्षाकर्मीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई सिधै…