काठमाडौं । फिफाले नेपालमाथि लगाएको प्रतिबन्धका कारण नेपाली फुटबल गम्भीर संकटमा परेको भन्दै प्रतिनिधिसभामा आवाज उठाइएको छ। सांसद खुश्बु ओलीले नेपाली फुटबलको वर्तमान अवस्था र खेलाडीको भविष्यप्रति सरकारको ध्यानाकर्षण गराउँदै खेलकुद क्षेत्रमा सुशासन कायम गर्नुपर्ने माग गरेकी छन्। उनले फुटबल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउँदै खेलकुदसम्बन्धी कानुन र संरचनामा…