एकै दिन झण्डै सय जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित चार सय नाघे

नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि…