Logo

समाज

आज साउन १५, खीर किन खाने?

काठमाडौं– आज साउन १५ अर्थात् खीर खाने दिन । विशेषगरि खिर दूध, घिउ, लोकल चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । वर्खाभरि खेतमा काममा व्यवस्थ भएको हुन्छन् । पहिले अहिलेजस्तो पोषणयुक्त खानेकुराहरु खासै खान पाइँदैनथ्यो ।

धार्चे पहिरो: वेपत्ता पाँचमध्ये चारको शव भेटियो

गोरखा– गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये चार जनाको शव भेटिएको छ । धार्चे-५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका

श्रीमतिको हत्या गरेर ढोका नखोली बसे श्रीमान

दाङ– दाङमा रड प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। राजपुर गाउँपालिका– १ रसरीनिवासी ३८ वर्षीय गणेश घर्तीले श्रीमती ३८ वर्षीया वसन्ती घर्तीलाई रड प्रहार गरेका हुन् । आइतबार राति खाना खाई सुतेको बसन्तीले सोमबार बिहान साढे ९ बजेसम्म पनि ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी

धार्चे पहिरो : बेपत्ता पाँच जनामध्ये तीनको शव फेला

गोरखा– धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये तीन जनाको शव भेटिएको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको हो । शनिबार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको र उक्त

नदी प्रदूषित गरेको कम्पनीको गेटमा महानगरले थुपारिदियो फोहोरको थुप्रो, फोहोर व्यवस्थापन नगरेसम्म दिनहुँ थुपार्ने

पर्सा– वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् । वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप

निलम्बित मुख्यसचिव अर्याल भ्रष्टाचारको मुद्दामा बयानका लागि विशेष अदालतमा

काठमाडौं– भ्रष्टाचारको मुद्दा लागेर डामिएका निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयानका लागि अदालतमा उपस्थित भएका हुन् । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् ।

गोरखाको धार्चेमा पहिरोः ५ जना बेपत्ता, दुईजना घाइते

काठमाडौं– गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जादा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन्। बेपत्ताहरूको खोजी तथा घाइतेको

व्यास नगरपालिकाको प्रशासकीय भवनमा स्तनपान कक्ष निर्माण

तनहुँ– तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो । खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको

राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा

काठमाडौं– दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका थिए । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो ।

‘तीन महिनामा विद्युत महसुल नतिरे फेरि लाइन काट्छौँ,’ कुलमान घिसिङ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको प्रष्ट पारेका छन् । शुक्रबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले तीन महिनाको समय दिएको र सो अवधिमा सबै बाँकी पैसा तिर्नुपर्ने बताए । अन्यथा प्राधिकरणले नियमानुसार आफ्नो काम गर्ने उनको भनाइ