जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन्…