मकवानपुर l उज्यालो नेपाल अभियानअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा आयोजित बृहत् भेलाले २१ सदस्यीय नगर समिति गठन गरेको छ। भेलाले विनोद महर्जनलाई संयोजक तोकेर समितिको नेतृत्वसमेत प्रदान गरेको हो। ऊर्जा नायक कुलमान घिसिङको नेतृत्वमा अघि बढाइएको यस अभियानलाई देशव्यापी जनचेतनामूलक आन्दोलनका रूपमा विस्तार गर्ने उद्देश्य राखिएको छ। नगर स्तरीय भेलामा स्थानीयवासी, वरिष्ठ नागरिक तथा बुद्धिजीवीहरूको उल्लेख्य…