पहिरो हटाउँदै बेनी–दरबाङ सडक, यातायात सञ्चालनको प्रयास

म्याग्दी । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको बेनी–दरबाङ सडक खुलाउन मर्मत तथा पहिरो पन्छाउने काम तीव्र पारिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रका तीन स्थानीय तहबाट सदरमुकाम बेनीतर्फ आवतजावत गर्ने यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध भएपछि सर्वसाधारण तथा सवारीसाधनलाई समस्या परेकाले पूर्वाधार विकास…