काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिका–५ की २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ। जटिल प्रसूति समस्या देखिएसँगै उनको ज्यान जोखिममा परेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो। हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि…