डोल्पा । नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा पर्नबाट जोगिएको छ। बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिने साइडको चक्का फुत्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। प्रहरीका अनुसार जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार…