उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण हुँदै नियन्त्रणमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उहाँले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीत–संगीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औल्याउनु…