काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय हर्क साम्पाङ राई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा हर्क साम्पाङ राईलाई आवश्यक कानुनी कारबाही गरिएको हो। प्रहरीले सार्वजनिक गरेको सूचनामा ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा…