कांग्रेस मन्त्रीहरूलाई चेतावनी : भ्रष्टाचार गरेको थाहा पाएँ भने बाँकी राख्दिनँ। सभापति शेरबहादुर देउवा

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट अहिलेको सरकारमा सहभागी मन्त्रीहरुलाई नैतिक आचरणमा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँगको छलफलको क्रममा सभापति देउवाले मन्त्रीहरुको कार्यसम्पादन पार्टीको भविष्यसँग जोडिएको विषय भएकोले काम गरेर देखाउन र जनताको मन जित्न सुझाव दिएका छन् । मन्त्रीहरुलाई सुशासनको सवालमा निर्मम भएर प्रस्तुत…