पशुपतिनाथ मन्दिरभित्र १४२ किलो सुनको जलहरी निर्माण हुने ! सेयर गरौ

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा रहेको जलहरी निर्माण गर्नका लागि अनुमानित १४२ किलो सुन चाहिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नेपाली बृहत् शब्दकोशका अनुसार जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्। हाल चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको छलफल तथा…