भारतीय नागरिकको फ्लाटमा भेटियो सुनका गहना र पैसाको थुप्रो

पोखराकै पुरानो सुनचाँदी बजारका रुपमा चिनिएको मोहोरिया टोलमा अवैध सुन ल्याएर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पायो । त्यही सूचनाका आधारमा सोमबार प्रहरी पोखरा–२ मोहोरिया टोलको कविन्द्रप्रसाद श्रेष्ठको घर पुग्यो । प्रहरी पुग्दा १०/१२ जनाले सुनका गहना बनाउने काम गरिरहेका थिए । प्रहरीलेसोधखोज गर्दा स्रोत खुलेन । बरु पोखरामा बसेर सुनचाँदीको गहना बनाउने काम…